सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा मँहगो, १ लाख ३० हजार पुग्यो

शुक्रबार, चैत १६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सुनको मूल्यले आकाश छोएको छ। आज नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला २१ सय रुपैयाँले बढेको छ।

जसअनुसार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख २९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि बिहीबार छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २७ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । 

यता चाँदीको भाउ पनि प्रतितोला १५ रूरुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १५ सय १० रुपैयाँमा स्थिर रहेको थियो । 

अन्तर्राष्ट्रिय बजारमा शु्क्रबार सुन प्रतिऔंस २ हजार २३२.७५ डलर र चाँदी प्रतिऔंस २४.९५ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्