नेपालगन्ज विमानस्थलमा अवतरण भएका कांग्रेस सभापति देउवालाई भब्य स्वागत

शुक्रबार, चैत १६, २०८०
Neuro hospital Nepalgunj

बाँके  । नेपालगन्ज विमानस्थलमा अवतरण भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई   नेता कार्यकर्ताले भब्य स्वागत गरेका छन् । 

दाङ जाने क्रममा रहेका देउबालाई स्वागत गर्न जिल्लाका नेता कार्यकर्ता विमानस्थल पुगेका थिए । सभापति देउवासँगै सहमहामन्त्री महालक्षी उपाध्याय डिना, केन्द्रीय सदस्य दीपक गिरीलगायत नेताहरु संगै आएका छन् ।

देउबालाई स्वागत गर्न सहामहामन्त्री किशोरसिंह राठौर, प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कांंग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी लगायत नेता कार्यकर्ता विमानस्थल पुगेका थिए ।

दाङको लमही नगरपालिका वडा नम्बर ९ अमिलियास्थित कांग्रेस नेता स्वर्गीय खुमबहादुर खड्काको शालिक अनावरणका लागि देउबा त्यसतर्फ गएका छन् ।   

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्