राप्तीसोनारीमा साइकलको ठक्करबाट बृद्धको मृत्यु

शुक्रबार, चैत १६, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.८ को भित्रि सडकखण्डमा साइकलको ठक्करबाट बृद्धको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नं.८ का ६९ वर्षीय जुद्धबहादुर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गएराती साढे ९ बजेतिर ओभरी गाउँतर्फबाट जिरो बजारतर्फ आउँदै गरेको साइकलले कुँवरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा राती मृत्यु भएको प्रहरीले जनाएको छ । 

साइकल चालक स्थानीय १९ वर्षीय धनराज बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्