आजबाट एसइई सुरु, पहिलो दिन अंग्रेजी विषय

बिहीबार, चैत १५, २०८०

काठमाडौं । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ। एसइईमा देशभर ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ

आज बिहान ८ बजेदेखि सुरु हुने एसइई परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुँदैछ।

एसइई परीक्षामा देशभर कुल २ हजार ६४ परीक्षा केन्द्र तोकिएका छन्  भने परीक्षामा ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन गरिएको बोर्डले जानकारी दिएको छ।

एसइई परीक्षामा छात्रतर्फ २ लाख ५३ हजार ६३७ र २ लाख ५० हजार ७७२ छात्रा सहभागी हुँदैछन् । त्यस्तै १५ जना अन्य समूहबाट रहेको परीक्षा बोर्डले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०६:४५
प्रतिक्रिया दिनुहोस्