साउनभित्रै कांग्रेसका क्रियाशील सदस्यले कार्ड पाउने

मंगलबार, साउन २, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । साउन महिनाभित्रै भित्रै नेपाली काँग्रेसका क्रियाशील सदस्यले कार्ड  पाउने भएका छन् । नेपाली कांग्रेस केन्द्रीय समितिको  आजदेखि शुरु भएको बैठकमा बोल्दै महामन्त्री गगनकुमार थापाले सो जानकारी दिएका हुन् । 

सोसँगै गगन थापाले एक वर्षको तालिका सुनाएका छन् । उनले केन्द्रीय कार्यसमिति बैठक हरेक दुई महिनामा कम्तीमा बसिहाल्ने र साउनमा बसेपछि अब असोजको पहिलो हप्तामा बस्ने नै र न्यूनतम दुई वटा बैठक काठमाडौँ बाहिर बस्ने सुनाएका छन् । 

उनले पार्टीको विधानमा भएका ४८ विभागमा अझै केही नयाँ विभाग थप्न आवश्यक भएकाले केही विभाग प्रस्ताव गर्ने र उक्त विभाग भदौ १५ सम्म तयार गर्ने पनि उनले बताए । 

उनले वर्षभरिको विवरण ६–६ महिनामा बुझाउने भन्ने रहेको गगनले बताए । 

समितिले पूर्णता पाउन नसकेकोले भदौ १५ भित्रै गठन गर्नुपर्ने उनले बताए । प्रशिक्षणको कार्यतालिकासमेत उनले सुनाएका छन् । 

भ्रातृ संस्थाहरुको बारेमा उनले प्रस्ताव सुनाएका छन्।उनले ८ लाख ६६ हजार क्रियाशील सदस्यहरुको कार्ड जिल्लाबाटै साउन मसान्त भित्रै प्रिन्ट गरेर दिने पनि समय तोकेको बताएका छन् । 

केही जिल्लामा यसको शुरुआत भइसकेको पनि उनले बताए । नवीकरण कार्यक्रम भदौ, असोज र कार्तिकमा गर्ने पनि उनले बताए । 

राष्ट्रिय अभियान साउन २० देखि आगामी असार ३१ गतेसम्म हुने बताएका छन् । यो अभियान अन्तर्गत ५ देखि ७ लाख क्रियाशील सदस्य थप्ने दाबीसमेत उनले गरेका छन् । 

 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्