भोलिबाट पुन: सुरु गर्दै गगन थापाले 'संवाद यात्रा', दोस्रो चरणको यात्रा बाँकेको फत्तेपुरसम्म

बुधबार, चैत १४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  बिहीबारदेखि पुनः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले 'संवाद यात्रा' सुरु गर्दैछन् । महामन्त्री थापाले गत माघ १३ गते झापाको मेची पुलबाट सुरु गरेको 'संवाद यात्रा' माघ २२ मा नवलपरासीको गोपीगन्जमा पुगेर रोकिएको थियो।

भोलि बिहान ९ बजेदेखि महामन्त्री थापाले गोपीगन्जबाट पुनः दोस्रो चरणको यात्रा  सुरु गर्दै चैत १५,१६,१७ गते नवलपरासी, रुपन्देही , दाङ  र बाँकेको सिक्टा हुँदै  फत्तेपुरसम्म हुने भएको छ।

चैत १७ गते बाँकेको राप्तीसोनारी २ स्थित सिक्टा सिंचाइ आयोजना अबलोकन गर्दै महामन्त्री थापाले साँझ राप्तीसोनारी-६ स्थित फत्तेपुर पुगेर जनसंम्बाद गर्ने कार्यक्रम रहेको हुँदा सबै नेता कार्यकर्तालाई कार्यक्रममा उपस्थित हुन नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति पोषण केसीले आग्रह गरेका छन् ।

त्यस्तै महामन्त्री थापाले सुदूरपश्चिममा भने उपनिर्वाचनलाई लक्षित गरेर यात्रा तय गर्ने बताएका छन् ।

 

 

 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्