सम्पर्कविहीन भएकी धनगढीका मेयरकी छोरी गोवामै फेला परिन

बुधबार, चैत १४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । भारतको गोवाबाट सम्पर्कविहीन भएकी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी फेला परेकी छिन् । मेयर हमालकी छोरी आरती हमाल भारतको गोवामै फेला परेकी हुन्  

ओशो साधकसमेत रहेकी आरती सोमबारदेखि गोवाको जोरबा ब्रीजबाट सम्पर्कविहीन भएकी थिइन् । उनी सम्पर्कविहीन भएपछि मेयर हमालले उनको खोजी गरिदिन चौतर्फी अनुरोध गरेका थिए ।

उनी गोवामै एक विदेशी महिलासँग रहेकै अवस्थामा फेला परेकी हुन् । आरतीलाई फिर्ता ल्याउन हमालका आफन्त गोवा पुगिसकेको बताइएको छ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्