इलाम र बझाङमा माओवादी केन्द्रले उम्मेदवारी दिने

बुधबार, चैत १४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । इलाम र बझाङको उपनिर्वाचनका सत्ता गठबन्धन दलहरुले आ-आफ्ना उम्मेदवार उठाउने भएपछि माओवादी केन्द्रपनि उम्मेदवार दिने निर्णय गरेको छ।

प्रतिनिधि सभातर्फको इलाम-२ र प्रदेश सभातर्फको बझाङ १ (१) मा अन्य पार्टीले उम्मेदवार उठाउने हुँदा आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले सो निर्णय गरेको हो।

यद्यपि उम्मेदवार को हुने भन्ने बारेमा अझै निर्णय नभएको बताइएको छ।हालसम्म इलाम-२ का लागि ४ जनाको नाम सिफारिस गरि पठाएपनी को उम्मेदवार बन्ने बारेमा अझै टुंगो लागेको छैन। 

 

 

 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्