सशस्त्र प्रहरीले रुपन्देहीबाट बरामद गर्यो साढे ८ करोड बढीको अवैध सामाग्री

मंगलबार, साउन २, २०८०
Neuro hospital Nepalgunj

रुपन्देही । रुपन्देहीबाट सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशमै सशस्त्र प्रहरीतर्फ सबैभन्दा बढी अवैध सामाग्री बरामद गर्न सफल भएको छ।  आ.व. २०७९-८० मा सशस्त्र प्रहरी रुपन्देहीले  ८ करोड ५५ लाख १० हजार ६०३ रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नं. २७ गणले जनाएको छ।

सशस्त्र प्रहरी रुपन्देहीले भन्सार छली गरि अवैध रुपमा भित्र्याईएका लत्ताकपडा, इलेक्ट्रिक, हार्डवेयरका समान, घरायसी किराना समाग्रीहरु, सवारीसाधन , मल, काठ र  सुन जस्ता सामाग्री बरामद गरेको हो  । त्यस्तै सशस्त्र प्रहरीले बरामद गरेका लाखौं रुपैयाँका पिय पदार्थ र पशुपंक्षीजन्य बस्तुलाई नष्ट गरेको जनाएको छ।

सशस्त्र प्रहरीले रुपन्देहीका विभिन्न स्थानका खोला तथा नदीबाट अवैध उत्खननका नदिजन्य सामाग्री समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नं. २७ गण रुपन्देहीले आर्थिक वर्ष २०७९-८० मा बरामद गरेका सबै साढे  ८ करोड बढीको अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

सशस्त्र प्रहरीले राजस्व संकलन मात्र नभई जिल्लाभरका सीमा नाकामा कडा निगरानी हुँदा सीमा क्षेत्रमा हुने अपराध, लागूऔषध कारोबार, मानव बेचबिखन जस्ता जघन्य अपराध झण्डै झण्डै बन्द भएका छन् ।

सीमामा कानुनको कार्यन्वन हुँदा के भन्छन् वाणिज्य सघंका अध्यक्ष श्रेष्ठ ?

रुपन्देहीको सीमावर्ती बजारमा भारतीय ब्यापारीहरुले सञ्चालन गर्दैआएको सिद्धार्थनगर नगरपालीकास्थित मेउडीहवा नजिक दसगजा क्षेत्रमा रहेको फरेनीबजार जान नेपाली ब्यापारीलाई सशस्त्र र नेपाल प्रहरीले कडाई गरेपछि स्वदेशी बजारमा चहलपहल बढेको छ।

यो कार्यको उद्योगी ब्याबसायीले प्रशासनको प्रशंसा समेत गरेका छन् ।

दसगजा क्षेत्रमा बर्षौदेखि भारतीय ब्यापारीले सञ्चालन गर्दैआएको फरेनीबजार हप्तामा शनिवार र बुधवार गरी दुुईदिन सञ्चालन हुनेगर्छ । त्यहाँबाट करोडौंको मालसामान बिना भन्सार नेपाल भित्रने गर्दथ्यो तर सीमामा तैनाथ सुरक्षा निकायको कडाइले अहिले सुनसान झै भएको बताउँछन् भैरहवाका व्यवसायीहरु।

पछिल्लो समय प्रशासनले कडाई गरेपछि स्वदेसी उत्पादनको खपत बढेको र भैरहवा क्षेत्रको ब्यापारमा समेत चहलपहल बढेको सिद्धार्थ नगर उद्योग बाणिज्य सघंका अध्यक्ष ठाकुर श्रेष्ठले जानकारी दिए ।

सीमाबर्ती क्षेत्रमा नेपालीलाई लक्षीत गरेर सञ्चालन हुने यस्ता बजार रोक्न बर्षौदेखि माग गर्दैआएकोमा पछिल्लो पटक प्रशासनले यसको सुुनुुवाई गरेको उनले बताए ।

‘सीमाबाट हुने अबैध चोरी पैठारी रोक्नुु पर्ने र सोकालागि सीमानाकामा कडाई गरी रुपन्देहीका व्याबसायीलाई संरक्षण गरिनुु पर्छ भन्ने हाम्रो निरन्तरको पहलले सार्थकता पाउने गरी सीमापारीका बजारमा किनमेल गर्न जाने प्रबृत्तिलाई  रुपन्देहीबाट निरुत्साहीत गरी स्थानीय बजार प्रवर्धनमा खेलेको भुमिकाप्रति अध्यक्ष श्रेष्ठले सुरक्षा निकायलाई धन्यबाद समेत दिएका छन् ।

यसअघि उद्योगी ब्याबसायीले सीमा क्षेत्रबाट हुने चोरी तस्करीका कारण भैरहवा क्षेत्रको ब्यापार ब्यबसाय बन्द गर्नुुपर्ने अवस्थामा पुुगेको भएपनि सुरक्षा निकायको प्रयासबाट अहिले नेपाली बजारमा चहलपहल बढेको अध्यक्ष श्रेष्ठले बताए  ।

देख्दा समान्य देखिने यस्ता बजारबाट ठूलो मात्रामा राजस्व चुवाहट हुने हुँदा सीमावर्ती बजार सुनौलीमा ब्यापार प्रयोजनको उद्देश्यले किनमेल गर्न जाने ब्यापारीलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीबलको सहयोगमा चुहावट नियन्त्रणमा कडाई गरिएको छ ।

सीमामा तैनाथ सशस्त्र प्रहरीले सुनौली जानेहरुलाई दैनिक घरायसी प्रयोजनका लागि स्वदेसीबजारमै किनमेल गर्न प्रोत्साहन गर्नेगरी सम्झाउने काम गरिएपछि भारत जानेमा कमि हुँदै आएको अध्यक्ष श्रेष्ठले बताए ।

रुपन्देहीका सबै सीमा नाकामा हुुन सक्ने सम्भावित चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मी कडाइकासाथ लागिएपछि नेपाली बजारमा अहिले उमंग छाएको देखिन्छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्