नेपाली राजनीतिमा छट्टुहरू हाबी हुन थाले: गगन थापा

मंगलबार, चैत १३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  नेपाली राजनीतिमा छट्टुहरू हाबी हुन थालेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।

आज  काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपाललाई गति र मति दुई वटै भएको व्यक्ति चाहिने बताए ।  रास्वपा नेताहरुप्रति लक्षित गर्दै महामन्त्री थापाले मुलुकमा छट्टुहरू राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम शुरु गरेको आरोप समेत लगाए । उनले मुलुकलाई छट्टु भन्दा पनि गति र मति दुवै भएको नेताहरू जरुरी रहेको बताए । झुकाउने खालको छट्टुहरू नेपाली राजनीतिले नचाहेको महामन्त्री थापाको भनाई थियो ।

महामन्त्री थापाल्र भने, ‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले। छट्टुहरू त आउँछ, लटरपटर पार्छ । झुक्याउँछ। अलपत्र यसो रङरोगन गर्छ, जान्छ । हामीलाई छट्टुहरू चाहिएको होइन । हामीलाई धैर्यता भएको, धैर्यताको अर्थ केही पनि नगर्ने मान्छे पनि होइन । हामीलाई गति भएको मान्छे पनि चाहियो। गति र मति दुवै भएको मान्छे चाहियो । मति छ गति छैन, गति छ, मति छैन । हामीलाई त गति र मति दुई वटै चाहियो । किनकि यो बेलामा हामीले मति पनि ठिक राख्नुपर्नेछ । हामीले आफ्नो घरभित्रको फोहोर पनि ठिक गर्नुपर्नेछ । हाम्रो घरभित्र फोहोर छ, सफा गर्नुपर्नेछ । हाम्रो कतिपय ठाउँमा मति बिग्रेको छ । त्यसलाई ठिक गर्नपर्छ ।’

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्