अहिलेको सत्ता गठबन्धन आफैं झगडा गरेर समाप्त हुन्छ: प्रदीप पौडेल

मंगलबार, चैत १३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।अहिलेको नयाँ सत्ता गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बताएका छन् ।

सांसद पौडेलले सत्ता गठबन्धन स्थायी नहुने दाबी समेत गरे । आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले कांग्रेसलाई फेरि मुलुकले सत्तामा पुर्‍याउने जिकिर समेत गरे । 

पर्खिएर बसेको खण्डमा कांग्रेसलाई यो देशले आफैँ फेरि सत्तामा पुर्‍याउने सांसद पौडेलको भनाई थियो । उहाँले कांग्रेसका लागि सत्ता ठूलो नभएको भन्दै सत्तामा पुगेपछि देश र जनताको पक्षमा गर्ने कामको भने दृष्टिकोण बनाएर बस्नुपर्ने आवश्यकता औँल्याए ।

सांसद पौडेलले यसो भने-

‘नेपाली कांग्रेसका लागि सत्ता ठूलो होइन । पर्खेर बसौँ–कांग्रेसलाई यो देशले आफैँ फेरि सत्तामा पुर्‍याउँछ । त्यसका निम्ति हतार नगरौँ । अहिले जुन गठबन्धन बनेको छ । त्यो गठबन्धन चिरस्थायी हुँदैन । चिरञ्जीवी हुँदैन । उहाँहरू आफैँमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ । तर नेपाली कांग्रेस सत्तामा जाँदै गर्दा किन जाने हो, के गर्न जाने हो, कुन कुन क्षेत्रमा कसरी काम गर्ने हो ? भन्ने कुरा प्रस्ट हुनुपर्छ । अहिले देखिएका बेथितिहरूको अन्त्य कसरी गर्ने हो ? त्यसको फेहरिस्त हामीसँग हुनुपर्छ । त्यसैले ब्लुप्रिन्ट तयार गर्नतिर लागौँ । नेपालको समृद्धि हामीले कसरी गर्दैछौं ?नेपालमा सुशासन हामीले कसरी कायम गर्दैछौं ?  नेपालका तमाम शैक्षिक संस्थाहरू हामीले कसरी सुधार गर्दैछौं ? नेपालको स्वास्थ्य क्षेत्रमा सामान्य मानिसहरूको पहुँच कसरी स्थापित गर्दैछौं ? वैदशिक रोजगारीको यो बाध्यतालाई कसरी न्यूनीकरण गरेर लाँदैछौ ? यी तमाम विषयमा हामीले एउटा स्पष्ट दृष्टिकोण बनाएर अगाडि बढौँ ।’

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्