कोहलपुरमा श्रीमानले गरे श्रीमतीको हत्या

मंगलबार, चैत १३, २०८०
Neuro hospital Nepalgunj

कोहलपुर  । बाँकेमा श्रीमानले धारिलो हतियार प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

कोहलपुर-१४ पार्वतीपुरमा २२ बर्षीय श्रीमान अनिल विकले २१ बर्षीया श्रीमती सुशिला सुनारलाई गएराती धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । विकलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

पार्वतीपुरस्थित रहेको बागेश्वरी होम पाइप एण्ड पोल उद्योगमा काम गर्दै आएका बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ४ बस्ने अनिलले श्रीमती सुनारलाई धारिलो हतियारले ढाडमा प्रहार गरी घाइते बनाएर आफैं उपचार गराउन नेपालगञ्ज मेडिकल कलेज कोहलपुर ल्याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो । 

 घटना थाहा पाउनासाथ त्यहाँ पुगेको प्रहरीले त्यहीँबाट विकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्