लुम्बिनी सरकारले निजामती कर्मचारी सेवा ऐन ल्याउँदै

शुक्रबार, असार २२, २०८०

देउखुरी (दाङ )  । लुम्बिनीमा प्रदेश सरकारले  निजामति कर्मचारी सेवा ऐन ल्याउने भएको छ ।

लुम्बिनी सरकारले कर्मचारीहरुको हितलाई ख्याल गर्दै कर्मचारीको वृद्धि विकासका लागि प्रदेश निजामति कर्मचारी सेवा ऐन ल्याउन लागेको हो ।

आज बसेको लुम्बिनी प्रदेश मन्त्री परिषद्को बैठकले यस्तो निणर्य समेत गरेको छ ।

बैठकले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक प्रदेश सभा समक्ष पेश गर्ने निणर्य गरेको सरकारका प्रबक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।

मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेशमा रहेका कर्मचारीहरुको वृद्धि विकास र सहज व्यबस्थापनका लागि सरकारले ऐन ल्याउन लागेको र त्यो छिट्टै कार्यान्वयनको चरणमा जाने बताए । मुख्यमन्त्री चौधरीले सबैको सुझाव समेटेर ऐन तयारी भएको बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २१:५७
प्रतिक्रिया दिनुहोस्