मिसन–२०८४ सफल बनाउन नयाँ सत्ता समीकरण निर्माण गरेका हौं: महासचिव पोखरेल

शनिबार, चैत १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेकपा एमालेको मिसन–२०८४ लाई सफल बनाउनका लागि नयाँ सत्ता समीकरण निर्माण गर्नुपरेको एमाले महासचिव शंकर पोखरेलले    बताएका छन् ।

महासचिव पोखरेलले मिशन २०८४ एमालेले मुलुकको भविष्य निर्माणका लागि लिएको सङ्कल्प भएको उल्लेख गर्दै त्यसबाट विचलित नहुने अडान समेत राखे । 

आज पोखरामा आयोजित पार्टीको कास्की जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले मिसन २०८४ लाई बलियो बनाउँछ भन्ने मान्यता र विश्वासको जगमा मात्रै नयाँ सत्ता समीकरणको यात्रा शुरु गरिएको पनि स्पष्ट पारे । महासचिव पोखरेलले यसअघिको सत्तारुढ गठबन्धनले पार्टीमाथि गरेको घेराबन्दी तोडेर नयाँ सहकार्य शुरु भएकाले त्यसले पार्टीको मिशन २०८४ लाई सफल बनाउन आधार तयार पारेको तर्क समेत गरे ।

उनले एमालेको अर्जुन दृष्टि मिसन २०८४ भएकाले अन्य विषयमा जस्तोसुकै त्याग गरेर अघि बढ्न पनि तयार रहेको बताए । मुलुकलाई सही बाटोमा अघि बढाउने काममा एमाले लाग्ने भन्दै महासचिव पोखरेलले सोही अनुसारको गतिविधि अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेतसमेत  गराएका थिए।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १९:२५
प्रतिक्रिया दिनुहोस्