हुम्लामा जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

शनिबार, चैत १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । कर्णाली प्रदेशको सबैभन्दा विकट हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा मृत्यु हुनेमा अनुदानचुली गाउँपालिका-५ का ३५ वर्षका फागुने लोहार र १३ वर्षका प्रवेश ऐडी रहेका छन् । दुबै जनाको घटनास्थलमै मृत्यु भएको हुम्ला प्रहरीले जानकारी दिएको छ।

आज अपराह्न ४ बजे अनुदानचुलीको श्रीनगरबाट बारीगाउँ जाँदै गरेको सु००१ ज ११८३ नम्बरको जीप सडकमा तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा  घाइते भएका ५ जनालाई अस्पताल लैजादै हुम्ला प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्