चट्याङ लागेर बझाङमा एक जनाको मृत्यु, एकै परिवारका ७ घाइते

शनिबार, चैत १०, २०८०
Neuro hospital Nepalgunj

बझाङ । चट्याङ लाग्दा बझाङमा एक जनाको मृत्यु भएको छ ।

गएराति ९ बजे जिल्लास्थित जयपृथ्वी नगरपालिका- को नौरा गाउँमा चट्याङ लाग्दा ५२वर्षका गजेन्द्रबहादुर सिंहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उक्त चट्याङ लाग्दा अन्य ७ जना घाइते भएका छन ।

चट्याङबाट मृतकका छोरी शान्ति सिंह, श्रीमती निशा सिंह, छोरी कृतिका, पन्चादेवी सिंह, छोरा नितेश, छोरी लक्ष्मी र धिरेन्द्रबहादुर सिंह घाइते भएका छन् ।

घाइतेहरु सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्