देशको पूर्वी भागमा केही दिनसम्म अझै वर्षा

शनिबार, चैत १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पूर्वी भागमा मेघगर्जनसहित वर्षा हुने जनाएको छ। महाशाखाले पश्चिमको तुलनामा पूर्वी नेपालमा मौसम सक्रिय देखिएको जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरु र मधेश प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भएको छ ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

आइतबार र सोमबार पनि कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा हुने महाशाखाले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्