आईपीएलमा चेन्नई सुपर किंग्सको विजयी सुरुवात

शनिबार, चैत १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले विजयी सुरुवात हरेको छ ।

साविक विजेता चेन्नईले घरेलु मैदानमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्यो। पाँच पटकको च्याम्पियन चेन्नईले १७४ रनको चुनौती १८ं४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । 

रचिन रविन्द्रले १५ बलमा ३७, शिवम दुबेले २८ बलमा अविजित रहँदै ३४, अजिन्क्या रहानेले १९ बलमा २७ तथा रविन्द्र जडेजाले १७ बलमा अविजित रहँदै २५ रन बनाए । 

यही सिजनदेखि कप्तानी छाडेका महेन्द्र सिंह धोनी भने ब्याटिङमा उत्रेनन् । बेंगलुरूका लागि क्यामरन ग्रीनले २ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको बेंगलुरूले ६ विकेटको क्षतिमा १७३ रन बनायो । ७८ रन जोड्दा ५ विकेट गुमाइसकेको बेंगलुरूका लागि छैटौँ विकेटका लागि ९५ रनको साझेदारी गर्ने क्रममा अनुज रावतले २५ बलमा ४८ तथा दिनेश कार्तिकले २६ बलमा अविजित रहँदै ३८ रन बनाए । कप्तान फाफ दु प्लेसिसले २३ बलमा ३५ तथा विराट कोहलीले २० बलमा २१ रन बनाए । ४ विकेट लिएका मुस्तफिजुर रहमान प्लेयर अफ द म्याच भए । 

शनिबार दुई खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो ३ः४५ बजे पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स तथा दोस्रो खेलमा बेलुकी ७ः४५ बजे कोलकाता नाइट राइडर्स र सुनराइजर्स हैदराबाद भिड्दै छन् । 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्