यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री केजरीवाल..

शुक्रबार, चैत ९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवाल बिहीबार राति नै पक्राउ परिसकेका छन् । केजरेवाललाई निवासबाट पक्राउ गरिएको हो । 

प्रवर्तन निर्देशालय (ईडी) ले दिल्ली मदिरा नीति घटनामा जोडिएसँगै बिहीबार राति स्थानीय समयअनुसार राति ९ बजे केजरीवाल पक्राउ परेका हुन् । 

उनलाई बेलुकी ७ बजे उनकै घरमा निरन्तर सोधपुछ  गरेपछि जाँच एजेन्सीले दुई घण्टापछि कारबाही गर्दै पक्राउ गरेको हो । 

यता केजरीवालको कानूनी समूहले सर्वोच्च अदालतमा अपील गरेको छ ।  उनलाई बिहीबार दिउँसो २ः३० बजे गिरफ्तारीबाट राहत दिन दिल्ली उच्च अदालतले अस्वीकार गरेको थियो । त्यसपछि ईडीलाई नियन्त्रणमा लिन सजिलो भएको हो । 

भारतमा लोकसभाको निर्वाचन शुरु हुन चार साता बाँकी रहँदा मुख्यमन्त्री केजरीवाल पक्राउ पर्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्