कोहलपुर खानेपानीमा भुषालको नेतृत्वमा प्यानलसहित उम्मेद्वारी घोषणा

मंगलबार, साउन २, २०८०
Neuro hospital Nepalgunj

रामबहादुर रावत/ कोहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत तथा उपभोक्ता संस्थाको आगामी नेतृत्वका लागि नेपाली काँग्रेसको तर्फबाट टेक नारायण भुषालको नेतृत्वमा प्यालन सहित उम्मेद्वारी घोषणा गरिएको छ । 

नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले आयोजना गरेको उम्मेद्वारी घोषणा सभाबाट अध्यक्षमा टेक नारायण भुषाल, उपाध्यक्षमा बिर बहादुर विष्ट, सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा धुव्र आचार्य, सह–सचिवमा ईश्वर शर्मा, सह–कोषाध्यक्षमा बालकुमारी सापकोटा, सदस्यहरुमा झग्गु वलि, गंगा सापकोटा तथा चक्रदिप शाह रहेका छन् । 

नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले जनतालाई सहज रुपमा खानेपानी उपलब्ध गराउनका लागि सक्षम नेतृत्व आवश्यकता परेको भन्दै भुषाल नेतृत्वको पुरै प्यालनलाई बिजय गराउन सबैमा अनुरोध गरेका छन् । साथै उनले स्वच्छ, सफा र नियमित रुपमा खानेपानी कोहलपुरका जनताको घरदैलोमा पु¥याउन सक्षम यूवा टिमलाई बिजय गराउन कोहलपुर खानेपानीका उपोक्ताहरुलाई अनुरोध गरेका छन् । 

कोहलपुरका नगरप्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर खानेपानी संस्थाको टिमसँग स्थानिय सरकारले सहकार्य गरी कोहलपुरका जनतालाई स्वच्छ पानी उपलब्ध गराउने प्रतिद्धता जनाउँदै भुषाल नेतृत्वको टिमलाई निर्वाचित गराउन आग्रह गरेका छन्। 

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे, नेपाली काँग्रेस क्षेत्र नं. १ का क्षेत्रिय सभापति पोषण केसी, नेपाली  काँग्रेस क्षेत्र नं. १ (ख)का सभापति बलराम शर्माले नेपाली काँग्रेसले सर्वसम्मत निर्णय गरी तय गरेका उम्मेद्वारहरुलाई निर्वाचित गराउन सबैमा अनुरोध गरेका छन् ।

अध्यक्षका उम्मेदवार भुषालले  जनताको घर–घरमा सहज, सरल तथा नियमित खानेपानी उपलब्ध, संस्थामा सुशासन, पारदर्शिताका लागि यूवा टिमलाई निर्वाचित गराउन आम उपभोक्ताहरुमा अनुरोध गरेका छन् । 

कोहलपुर बृहत खानेपानी तथा उपभोक्ता संस्थाको आगामि नेतृत्वका लागि आफ्नो टिम कोहलपुर नगरभित्रको खानेपानी सम्बन्धीको दिर्घकालिन समस्या समाधानका लागि आफ्नो टिम लाग्ने बताउँदै जनतालाई सरल, सहज र नियमित रुपमा स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिवद्धता सहित टिमलाई निर्वाचित गराउनका लागि भुषालेले अनुरोध गरेका छन् । 

नेपाली काँग्रेस कोहलपुर नगर सभापति बिरेन्द्रकुमार शाहले काँग्रेसको तर्फबाट उम्मेद्वार बनेकाहरुलाई निर्वाचित गराउनका लागि पार्टीका क्रियाशिल सदस्य, शुभेच्छुक संस्था लगायत कोहलपुर नगर भित्रका आम खानेपानी संस्थाका उपभोक्ताहरुलाई अनुरोध गरेका छन् ।

करिब ५२ सय उपभोक्ता भएको कोहलपुर बृहत खानेपानी तथा उपभोक्ता संस्थाकोको निर्वाचन साउन महिना भित्र हुने भएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्