सशस्त्र र नेपाल प्रहरीका पेट्रोल पम्प २४ सै घण्टा खुला

बिहीबार, चैत ८, २०८०

काठमाडौं ।  अबदेखि प्रहरीतर्फका सुरक्षा निकायले सन्चालन गरेका पेट्रोल पम्प २४ सै घण्टा खुल्ने भएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सन्चालन गर्दै आएका पेट्रोल पम्पहरु २४ सै घण्टा खुला हुँदै आएका हुन् ।

रवि लामिछाने गृहमन्त्री बनेपछि रातको समयमा सर्वसाधारणलाई सास्ती हुने हुँदा नेपाल प्रहरी सशस्त्र प्रहरीले सन्चालन गर्दै आएको पेट्रोल पम्प २४ सै घण्टा खोल्न निर्देशन दिएका हुन् । निर्देशन पश्चात् पेट्रोल पम्प खुला भएका हुन् ।

पहिलो चरणमा प्रहरीले सन्चालनमा ल्याएको नक्सालस्थित पेट्रोल पम्प र सशस्त्र प्रहरीको हलचोक र पोखरामा रहेका पेट्रोल पम्प २४ सै घण्टा खुला हुँदै आएका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्