चार जना राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त, पौडेलको सचिवमा बढुवा

बिहीबार, चैत ८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सरकारले चार जनालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको सदस्यमा काठमाडौंकी प्रा.संगीता सिंह, जुम्लाका डा.कुसेन्द्रबहादुर महत, पाल्पाका  प्रा.शिवराज अधिकारी र ललितपुरका डा. अरनिको पाण्डेलाई नियुक्त गरेको हो।

नयाँ सता गठबन्धन बनेपछि नेपाली कांग्रेसको कोटामा नियुक्त भएका सदस्यहरुले राजीनामा दिएपछि नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको कोटाबाट चार जनालाई नियुक्त गरिएको हो।

सरकारले आयोगको सदस्यमा नियुक्त गरेकाहरु मध्ये सिंह शहरी योजनाविद हुन भने महत यसअघिको एमाले -माओवादी सरकार भएका बेला राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएका थिए।अधिकारी त्रिवीका अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख हुन। त्यस्तै पाण्डे रास्वपाका नेता पनि हुन् ।

त्यस्तै आजको बैठकले रिक्त रहेको सचिवमा चुडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्