बाँकेबाट पाटे बाघको छालासहित सुर्खेतका २८ वर्षीय युवक पक्राउ

बुधबार, चैत ७, २०८०
Neuro hospital Nepalgunj

बाँके । बाँकेको नेपालगन्जबाट दुर्लभ पाटे बाघको छालासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले नेपालगन्ज-२ पुष्पपाल चोकस्थित महाबुब होटेलको कोठा नम्बर १०१ बाट आज दिउँसो पाटे बाघको छालासहित २८ वर्षीय युवकलाई पक्राउ गरेको  बाँके प्रहरी प्रवक्ता नारायण डाँगी जानकारी दिएका छन् । 

बाँके प्रहरीका अनुसार आज दिउँसो बाघको छालासहित पक्राउ पर्नेमा सुर्खेत बराहाताल गाउँपालिका-२ पाक्माका २८ वर्षीय चन्द्रबहादुर कार्की हुन् । 

बाघको छाला बिक्रि गर्नका लागि कार्की नेपालगन्जको होटेलमा बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ। बरामद गरिएको बाघको छालाको लम्बाई ५ फिट ९ ईन्च र चौडाई ३ फिट २ ईन्च रहेको प्रहरीले बताएको छ।

पक्राउ परेका कार्कीसँग थप अनुसन्धान गरिरहेको प्रवक्ता डाँगीले बताए।

 

 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्