श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

बुधबार, चैत ७, २०८०
Neuro hospital Nepalgunj

विराटनगर । मोरङमा श्रीमतीको हत्या गर्दै श्रीमानले आत्महत्या गरेका छन् । जिल्लास्थित बेलवारी नगरपालिका-१ का ६० वर्षीय बमबहादुर लिम्बूले आफ्नै श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफुले आत्महत्या गरेको मोरङ प्रहरीले जानकारी दिएको छ।

श्रीमान बमबहादुरले आज बिहान दाउले हानेर श्रीमतीको हत्या गरेको र त्यस्को केहीबेर पछि आफैले दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार बमबहादुरले गीतालाई धारिलो हतियार (दाउ) ले टाउको , अनुहार लगायत शरीरका विभिन्न भागमा हान्दा उनको घटनास्थलमै मृत्यु भएको हो।  गम्भीर घाइते अवस्थामा फेला परेका बमबहादुरको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो।

बमबहादुर र गीताले दोस्रो विवाह गरेका थिए भने उनीहरुका ८ वर्षीय छोराले भागेर ज्यान बचाएको प्रहरीले जानकारी दिएको छ। 

गीताको शवलाई पोस्टकार्टमका लागि अस्पताल लगिएको छ भने घटनाको एकिन कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्