नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउन सुगर ल्याएका डिलरसहित दुई जना पक्राउ

बुधबार, चैत ७, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेको टोलीले ठुलो परिमाणमा ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

भारतको रुपइडिहाबाट नेपालगन्ज ल्याउदै गरेको अवस्थामा १८  ग्राम ब्राउन सुगरसहित बाँके प्रहरीको टोलीले आज बिहान ९ बजे दुई जनालाई पक्राउ गरेको हो।

ब्राउन सुगरसहित पक्राउ पर्नेमा भारतको बहराइच बस्ने सलिम सा र तुलसीपुर-३ का वीर बहादुर बिक रहेका छन् ।

विशेष सूचनाका आधारमा उनीहरुलाई पिछा गर्दै जादा प्रहरीले नेपालगन्ज वडा नम्बर  १० को कार्यालय अगाडिबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्ने भारतका सलिम डिलर र बिक खरिदकर्ता रहेको पाइएको छ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्