प्रहरी सहायक निरीक्षक १६४ औं समूहको निलसागरलाई लाख रुपैयाँको सामाग्री सहयोग

मंगलबार, साउन २, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज ।  प्रहरी सहायक निरीक्षक १६४ औं समूहले नेपालगन्जस्थित  निलसागर सेवा आश्रमलाई सहयोग गरेको छ ।

१६४ औं समूह आठौं वर्ष पूरा भएको अवसरमा सोमबार स्वास्थ्य सामाग्री, खाधान्न, लत्ताकपडा र फलफूल गरि करीब एक लाख मूल्य बराबरको सहयोग सामाग्री सहयोग गरिएको हो । २०७२ साल साउन १ गते प्रहरी सहायक निरीक्षकमा सेवा प्रवेश गरेका ३२ जनाले उक्त सहयोग सामाग्री सहयोग गरेको प्रहरी सहायक निरीक्षक माधव रावतले जानकारी दिए ।

बाँके, बर्दिया, दाङ, प्युठान, अर्घाखाँची, रोल्पा, रुपन्देही, नवलपरासी, जाजरकोट, सल्यान, जुम्ला र अछाममा कार्यरत प्रहरी २७ जना सहायक निरीक्षक र ५ जना प्रहरी निरीक्षकहरुले संयुक्तरुपमा सहयोग सामाग्री सहयोग गरिएको प्रहरी सहायक निरीक्षक रावतले बताए ।

बाँकेमा कार्यरत सन्दिप बेल्बासे, महेश आचार्य, बलिराज छत्याल,शेर बहादुर बारघरे, महेन्द्र बहादुर शाही, दाम प्रसाद श्रेष्ठ, मोहन लाल ओली, हरी पुन, रविन्द्र चन्द, सुदिप हमाल, दाङमा कार्यरत  दिग्विजय के.सी, विक्रम वि क, हृदेश चौहान, शिउ कुमार चौधरी, ललित बुढाथोकी, बर्दियामा कार्यरत  माधव रावत, भरत रावल, प्युठानमा कार्यरत  लाल बहादुर वि क, दिलिप चौधरी, सल्यानमा कार्यरत  दिन बन्धु थापा, कुम्भराज विष्ट, दीपक राज वन, रुपन्देही कृष्ण भाट, सन्तोष रावल, नवलपरासीमा कार्यरत  तारा पति अर्याल, महेश कुँवर, जाजरकोटमा कार्यरत राजेन्द्र चौधरी, अछाममा कार्यरत  सन्तोष थापा जुम्लामा कार्यरत लक्ष्मण वि.क, रोल्पामा कार्यरत लक्ष्मी प्रसाद कँडेल, सुर्खेतमा कार्यरत ओम प्रकाश खत्री र अर्घाखाँचीमा कार्यरत आशिष दर्लामी मगरले संयुक्तरुपमा आफैले सहयोग जुटाएका हुन् ।

समूहले आइतबार  एक कार्यक्रमकाबीच आश्रमलाई उक्त सहयोग सामाग्री आश्रमका संस्थापक अध्यक्ष सरिता खनाललाई हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष खनालले प्रहरी सहायक निरीक्षक १६४ औं समूहले गरेको सहयोगप्रति आभार प्रकट गरे। उनले नेपाल प्रहरीसँग स्थापनाकाल देखिनै समन्वय र सहकार्य गर्दै आएको बताए । 

उनले आर्थिक समस्यासंग जुधिरहेका बेला नेपाल प्रहरीले गरेको सहयोग महत्त्वपूर्ण रहेको बताe । आश्रममा ६३ जना बालबालिकासहित करीब दुई सय जनाले आश्रय लिरहेका छन् । मनोसामाजिक समस्या भएका ब्यक्ति, जेष्ठ नागरिक तथा असाहय व्यक्तिहरुलाई आश्रममा राखिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ००:१८
प्रतिक्रिया दिनुहोस्