रुसी सेनामा भर्ती भएका थप १६ नेपालीको मृत्यु

मंगलबार, चैत ६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । रुस युक्रेन लडाइँमा थप १६ जना नेपाली मारिएका छन् ।

रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्द लड्न पुगेका थप १६ नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

थप १६ जनाको मृत्यु भएको जानकारी पाएसँगै परराष्ट्र मन्त्रालयले उनीहरुको डिएनए जाँच गर्न सुरु गरेको छ भने मृतकहरुको नाम सार्वजनिक गरिएको छैन ।

रुसी सेनामा भर्ना भएका नेपालीहरुको पछिल्लो समय मारिनेको संख्या बढ् दै गएको छ। योसँगै रुसी सेनामा भर्ना भएर मारिने नेपालीको संख्या ३३ पुगेको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्