प्रधानमन्त्रीले आज सांसदहरुको प्रश्नको जवाफ दिंदै

मंगलबार, चैत ६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज संसद बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिदैछन।

आज ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । 

त्यस्तै बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८० माथि विचार गरियोस्’ भनी संसदमा पेश गर्नेछन् । साथै, आर्थिक वर्ष २०८१–८२ को लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसदका महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 

प्रधानमन्त्रीँग समूह ४ मा रहेका सांसदहरुले प्रश्नोत्तर गर्ने भएका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०८:४८
प्रतिक्रिया दिनुहोस्