रुकुमपूर्वबाट काठमाडौं आउँदै गरेको बस बाग्लुङमा दुर्घटना, ७ जनाको मृत्यु

सोमबार, चैत ५, २०८०
Neuro hospital Nepalgunj

पोखरा ।  रुकुमपूर्वबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।रुकुमपूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेशको ०१–००६–ख–३८७९ नम्बरको बस बागलुङको निसीखोला  आज साँझ  दुर्घटना हुँदा  ७  मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ।

सो दुर्घटनामा २४ जना घाइते भएका छन् । जसमा केहीको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका लागि इलाका स्वास्थ्य चौकी बुर्तिवाङ लगिएको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिए ।

रुकुमपूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेशको ०१–००६–ख–३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका वडा नं ६ जाउलेपानीमा दुर्घटना भएको हो ।

गाउँपालिका अध्यक्ष घर्तीका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ।उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २०:५८
प्रतिक्रिया दिनुहोस्