कृष्णबहादुर महरालाई अस्पतालमा राख्न अनुमति

सोमबार, चैत ५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सुन तस्करीको आरोपमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

आज बिहान भारत जाँदै गर्दा कपिलवस्तुको मायादेवी गाउँपालिका-१ पकडीबाट पक्राउ परेका महरालाई आजै काठमाडौंस्थित सिआईबी कार्यालय लगिएको थियो। 

सिआईबीले महरालाई अदालतमा पुर्याएपछि जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि ४ दिनको अनुमति दिदै उनको स्वास्थ्य समस्याले गर्दा अस्पतालमा राख्न आदेश दिएको हो।

सुन तस्करीसम्बन्धि गठित जाँचबुझ आयोगले महराको पनि संलग्नता रहेको भन्दै उनिमाथिअनुसन्धान गर्न सिफारिस गरेको हो।

 

 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्