दीपक मनाङेले पाए भौतिक मन्त्रालयको जिम्मेवारी

सोमबार, चैत ५, २०८०
Neuro hospital Nepalgunj

पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

आज गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङ्गेलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मनाङ्गेलाई सपथ गराउने तयारी गरिएको छ।

मनाङबाट स्वतन्त्र सांसद जितेका मनाङे नेकपा एसमा प्रवेश गरेका थिए।

तर आइतबार मात्रै मनाङेले नेकपा एस परित्याग गरेका हुन् ।

 

 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्