सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायमै राख्ने नाउपाको निर्णय

आइतबार, चैत ४, २०८०
Neuro hospital Nepalgunj

कैलाली । सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायमै राख्ने नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेशसभा सदस्यले निर्णय गरेका छन् ।

आज नाउपा संसदीय दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको ५ जना प्रदेशसभा सदस्यको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो।

आजको बैठकमा प्रदेश सभा सदस्य कैलाश चौधरी र टीका थापा सहभागी भने थिएनन् । बैठकपछि  प्रतिक्रिया दिदै आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीले अहिलेको सरकारलाई नै समर्थन कायम राख्ने र चाडै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताए ।

बैठकमा सहभागी भएका नाउपा सांसदहरु अहिले सरकारमा नै सहभागी छन् ।

 

 

 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्