बलात्कारको आरोपमा दाङका एक युवक पक्राउ

सोमबार, साउन १, २०८०
Neuro hospital Nepalgunj

घोराही /दाङ । दाङमा बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

गत बिहीवार १८ वर्षीया किशोरीलाई रोल्पाबाट फकाएर   ल्याई आफ्नै घरमा बलात्कार गरेको ती पीडित किशोरीले दिएको जाहेरीपछि प्रहरीले घोराही- ८ सौडीकुलाका २६ वर्षीय अनिल नेपालीलाई पक्राउ गरेको हो। 

नेपालीलाई आइतबार राति उनकै घरबाट पक्राउ गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

 

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  २०:५५
प्रतिक्रिया दिनुहोस्