सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । बाघको आक्रमणबाट बाँकेको राप्तीसोनारीमा एक जनाको मृत्यु भएको छ । राप्तीसोनारीको वडा नम्बर-९ ढकेरी नजिक बाघको आक्रमणबाट दार्माकोट सल्यानका ७१ वर्षीय नागेन्द्रप्रसाद शर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
शर्मा ढकेरीमा आफन्तको घरमा बस्दै आएको बताइएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढकेरीस्थित जंगलमा आज बिहान साढे ५ बजेतिर शव फेला परेको थियो ।
शर्माको शव ढकेरी र चप्परगौडीबीचको जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए। शव बाघले खाएको अवस्थामा कोहलपुर र ढकेरीको बीचमा रहेको भालुखोलामा फेला परेको छ ।
मृतक शर्मा ढकेरीस्थित आफन्तको घरबाट शनिबार बेलुका कोहलपुर जान भनी निस्केको बुझिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।