चितवनको जलबिरेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु, ४ घाइते

आइतबार, चैत ४, २०८०
Neuro hospital Nepalgunj

चितवन। चितवनको जलबिरेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु भएको । दुर्घटनामा चार जना घाइते भएका छन् ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३२८०  नम्बरको बसको टायर पन्चर भएर  चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-६ जलबिरेमा गएराति  रोकिरहेको ना ६ ख ३२८० नम्बरको ट्रकमा ठोक्किँदा भारतको मोतिहारीस्थित चम्पारणका ३७ वर्षीय गौरी दासको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ।

त्यस्तै घाइते हुनेहरुमा वीरगन्ज महानगर-२३ का ३३ वर्षीय ट्रक चालक हाकिम मिया, बसमा सवार सर्लाही बरहथवा मिलनचोकका २५ वर्षीया पुजा गुप्ता, भारतको सितागढी जिल्ला घर भएका ३२ वर्षीय नाथ कुमार र भारतकै बिहारको मजापुरका ३९ वर्षीया रीता गुप्ता रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएकाहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बसका चालक कावासोती-४ का ३९ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्