भारत 'ए' सँग नेपाल ९ विकेटले पराजित, बाहिरियो नेपाल

सोमबार, साउन १, २०८०

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। आज भारतको 'ए' टिमसँग भएको खेलमा नेपाल ९ विकेटले पराजित भएको छ।

टस जितेर पहिले ब्याटिङ गरेसँगै नेपालले ३९.२ ओभरमा अलआउट हुँदै १६७ रन बनाउदै भारत 'ए' ले पाएको १६८ रनको झिनो लक्ष्यलाई १ विकेट गुमाउँदै भारत २२.१ ओभरमा १७२ रन बनाएको हो।

नेपालका तर्फबाट कप्तान रोहितकुमार  पौडेल ले ८५ बलमा ७ चौकाको मद्धतले ६५ रन बनाए ।नेपालका  गुल्सन झाले  ३८, देव खनालले १५ र  सोमपाल कामीले १४ रन बनाएका थिए। 

भारतका लागि निशानत सिन्धूले ४ तथा राजवर्दन ह्याङ्गरगेकरले ३ विकेट लिए । 

भारतका लागि अभिषेक शर्माले ८७ तथा साइ सुदर्शनले अविजित रहँदै ५० रन बनाए । कप्तान रोहित पौडेलले १ विकेट लिए । 

नेपाल लगातार दोस्रो खेल हार्दै समूह चरणबाटै बाहिरिएको छ । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । 

नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार यूएई ए सँग खेल्नेछ ।

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्