भोजपुरमा आगलागीबाट तीन बालबालिकाको मृत्यु

आइतबार, चैत ४, २०८०
Neuro hospital Nepalgunj

भोजपुर । भोजपुरमा आगलागीमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ।

जिल्लाको हतुवागडी गाउँपालिका-७ पिप्लेस्थित गोठबाट सल्किएको आगोको चपेटामा परेर स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको  भोजपुर प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनीहरु खेलिरहेको अवस्थामा शनिबार साँझ एक्कासी गोठबाट सल्किएको आगोको चपेटामा परेका थिए ।

जंगलबाट लागेको डढेलो गाउँमा सल्किएपछि स्थानीयहरुको घर-गोठमा आगलागी भएको भोजपुर प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्