सत्ता गठबन्धन कार्यदलको बैठक जारी

शनिबार, चैत ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नयाँ सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ। साझा न्यूनतम कार्यक्रम निर्माणका लागि गठित बैठक बिहान साढे ९ बजेदेखि सुरु भएको हो।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकबाट कार्यदलले मस्यौदा बुझाएसँगै शीर्ष नेताहरूले आन्तरिक छलफल गरि मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयन हुनेछ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वापाका सभापति रवि लामिछाने  जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल लगायत अन्य नेताहरुको सहभागिता रहेको छ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्