आज नेपालगन्जमा मेरुदण्ड सम्बन्धि कार्याशाला हुँदै

शनिबार, चैत ३, २०८०

नेपालगन्ज । आज नेपालगन्जमा मेरुदण्ड सम्बन्धि कार्यशाला गोष्ठीको आयोजना गरिएको छ ।

‘Association of spine surgeon of Nepal' को आयोजनामा पहिलो पटक नेपालगन्जमा यो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा सातै प्रदेशका मेरुदण्ड रोग विशेषज्ञ, न्यूरोसर्जन, रेडियोलोजिष्ट लगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।

मेरुदण्डको समस्या विश्वमा नै शारीरिक अशक्तताको प्रमुख कारण बन्दै गइरहेको अवस्थामा उक्त समस्याको पहिचान, उपचार र निदानका सवालमा अनुभव साटासाट र शिक्षा आदानप्रदान गर्न यो कार्यक्रमको आयोजना गरिएको ''Association  of spine surgeon of Nepal'  का लुम्बिनी प्रदेश संयोजक डा.प्रकाश बहादुर थापाले जानकारी दिए ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र सहभागिताका लागि देशका विभिन्न शहरहरुबाट मेरुदण्ड रोग विशेषज्ञहरु नेपालगन्ज आइसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्