घट्यो पेट्रोलियम पदार्थको मूल्य

शनिबार, चैत ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल आयात निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आज बिहानदेखि लागू हुने गरि पेट्रोल, डिजेल  र मट्टितेलमा मूल्य घटाएको छ । निगमले पेट्रोलमा १ र डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घटाएको जानकारी दिएको छ ।

मूल्य घटेपछि पेट्रोलको प्रति लिटरको पहिलो वर्गमा १६८ रुपैयाँ ६० पैसा,  दोस्रोमा १७० र तेस्रोमा १७१ रुपैयाँ कायम भएको छ ।

यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ कायम गरिएको छ ।

निगमले निर्धारण गरेको पहिलो वर्ग अन्तर्गत झापाको चार आली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। त्यस्तै  दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने निगमले निर्धारण गर्व्को तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन्।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्