रौतहटमा मनि ट्रान्फसरका सञ्चालकमाथि गोली प्रहार, ३ भारतीय लुटेरा पक्राउ

शुक्रबार, चैत २, २०८०
Neuro hospital Nepalgunj

रौतहट । रौतहटमा मनि  ट्रान्फसरका सञ्चालकमाथि गोली प्रहार भएको छ । जिल्लाको सीमासँग जोडिएको परोहा नगरपालिका-९ खापचोकस्थित भारतीय लूटेराको समूहले शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको छ । 

गोली चलाउने समूहका तीन जनालाई पक्राउ समेत गरेको रौतहट प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका सन्चालकलाई उपचारका लागि अस्पताल लगिएको छ। 

घटनाको बारेमा पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्