राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले बुझाइन सम्पत्ति विवरण, कति छ उनको सम्पत्ति ?

सोमबार, साउन १, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले आज आफ्नो सम्पत्ति विवरण संघीय संसद सचिवालयमा  बुझाएकी छिन् । 

उपाध्यक्ष अर्यालले सचिवालयमा आर्थिक वर्ष २०७९–८० को सम्पत्ति विवरण बुझाएकी हुन् । उनको सम्पत्ति विवरण दर्ता नं १ मा रहेको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनको लागि सार्वजनिक पदमा रहेका हरेक व्यक्तिले हरेक आर्थिक वर्षको व्यक्तिगत सम्पत्ति विवरण बुझाउनु पर्ने हुन्छ।

यसैबी संसद सचिवालयले एक सूचना जारी साउन १ गतेदेखि भदौ २८ गतेभित्र सम्पत्ति विवरण बुझाउन संघीय संसदका दुवै सदनका सदस्यहरुलाई जानकारी गराएको छ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्