संसदमा पेस भयो संघीय निजामती सेवा विधेयक

बिहीबार, चैत १, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आज संसदमा संघीय निजामती सेवा विधेयक, २०८० पेस भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आजको संसद बैठकमा उक्त  विधेयकलाई पेस गरेका हुन् ।

यो विधेयक फागुन २१ गते नै प्रतिनिधि सभामा  दर्ता भएको थियो ।

मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्था अनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गरी गर्नुपरेको मन्त्री जोशीले बताए । नेकपाका सांसद प्रेम सुवालले विधेयकमाथि विरोधको सूचना पेस गरेका हुन् । 

कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरूप सञ्चालन गर्न आवश्यक रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले विधेयक तयार गरेको हो।

 

 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्