उदयपुरमा जीप सडकबाट ५ सय मिटर तल खस्यो, ६ जनाको मृत्यु

बिहीबार, चैत १, २०८०
Neuro hospital Nepalgunj

उदयपुर । उदयपुरमा भिरबाट जीप खस्दा ६ जनाको मृत्यु भएको छ।

जिल्लाको बेलका नगरपालिका - ७ मा भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ज ३२९३ नम्बर जीप बिहान पौने ११ बजेतिर सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै मृत्यु भएको र ७ जनको उद्दार गरि उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

दुर्घटना स्थल भोजपुर र उदयपुरको सीमा नजिक रहेका दुबै जिल्लाका प्रहरीहरु घटनास्थलमा खटिएर घाइतेलाई धरान पठाइएको कोशी प्रहरीले जनाएको छ। 

दुर्घटना मृत्यु भएकाहरुको सनाखत हुन बाँकि रहेको छ भने दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्