नेपालले भारतलाई दियो १६८ रनको झिनो लक्ष्य

सोमबार, साउन १, २०८०

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले भारतको ए टिमलाई १६८ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा अलआउट हुँदै १६७ रनमात्रै बनायो ।  जसमा नेपालका कप्तान कप्तान रोहितकुमार पौडेलले  ८५ बलमा ७ चौकाको मद्धतले ६५ रन बनाए । 

गुल्सन झाले ३० बलमा ३८ रन बनाए । देव खनालले १५ तथा सोमपाल कामीले १४ रन बनाए । बाँकी ब्याटरले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

भारतका लागि निशानत सिन्धूले ४ तथा राजवर्दन ह्याङ्गरगेकरले ३ विकेट लिए । 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्