इलाम-२ को उपनिर्वाचनका लागि २० दलले गराए निवेदन दर्ता

बिहीबार, चैत १, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । प्रतिनिधि सभा क्षेत्र नं. २ इलाममा हुने उपनिर्वाचनका लागि २० राजनीतिक दलहरुले निवेदन दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार इलाम-२ का लागि नेपाली कांग्रेस , नेकपा एमाले , नेकपा माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ), जनता समाजवादी पार्टी (जसपा) नेकपा एकीकृत समाजवादी लगायतका अन्य २० दलले दर्ता गराएका हुन् ।

फगुन ३० गतेसम्म दल दर्ताको समय तोकिएकोमा २० दलले निवेदन दर्ता गराएको आयोगले जनाएको छ। त्यस्तै प्रदेश सभातर्फ बझाङ-१ को (क) तर्फका लागि १९ राजनीतिक दलले दर्ता गराएका छन् । 

बझाङका लागि कांग्रेससहितका दलहरुले दर्ता गराउदा रास्वपाले प्रदेशमा भाग नलिने बताएको छ।

इलाम-२ मा एमालेका सुवासचन्द्र नेवाङको निधन भएपछि र बझाङ -१(क) मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको थियो। उक्त स्थानमा रिक्त रहेको पदका लागि उपनिर्वाचन हुन लागेको हो।

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्