आज काठमाडौंका ५ ठाँउबाट सहकारी पीडितहरुले प्रदर्शन गर्दै

बिहीबार, चैत १, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंमा देशभरबाट आएर जम्मा भएका सहकारी पीडितहरुले आज ५ ठाँउबाट प्रदर्शन गर्दैछन्।

काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट आज बिहान  ११ बजे सुरु हुने सहकारी पीडितहरुको प्रदर्शनपछि भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गर्ने कार्यक्रम छ।

पीडितहरुले काठमाडौंको कालिमाटी, गोंगबु नयाँबसपार्कको बिजी मल, शंखपार्क, सिफल चौर र जावलाखेलबाट प्रदर्शन सुरु  गर्ने भएका छन् ।

सबै स्थानबाट पैदल यात्रा गर्दै पीडितहरु सुन्धारा जम्मा भएर भृकुटीमण्डप पुगेर कोणसभा हुने भएको छ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्