एमालेको कोटामा नियुक्त भएका तीन प्रदेश प्रमुखले लिए शपथ

बुधबार, फागुन ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेको कोटाबाट गण्डकी , मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई शपथ गराएका हुन् ।

राष्ट्रपति कार्यालयमा आज  गण्डकीका  नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्ट, मधेशका सुमित्रा भण्डारी र सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मिँयालाई राष्ट्रपतिले शपथ गराएका हुन् ।

नयाँ सत्ता गठबन्धन बनेपछि पदमुक्त बनेका नेपाली कांग्रेसको कोटाबाट गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ , मधेशका हरिशंकर मिश्र र सुदूरपश्चिम प्रमुख देवराज जोशी पदमुक्त बनेसँगै नवनियुक्त प्रदेश प्रमुखहरुले आज शपथ लिएका हुन् ।

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्