प्रधानमन्त्रीसँग चैत ६ गते प्रश्नोत्तर

बुधबार, फागुन ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज विश्वासको मत पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग आगामी चैत ६ गते संसद बैठकमा प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

चैत ६ गते हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँ प्रश्नोत्तर कार्यक्रम हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ।

उक्त दिन प्रधानमन्त्रीँग समूह ४ मा रहेका सांसदहरुले प्रश्नोत्तर गर्ने भएका छन् ।

प्रश्न गर्ने सांसदहरुले आफ्नो नामसहित प्रश्नहरु चैत २ गते ३ बजेभित्रै संसद सचिवालयमा बुझाइसक्नु पर्ने सचिवालयले जनाएको छ। 

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्