पिएनजीले जित्यो हङकङ टी-२० सिरिजको उपाधि, नेपाल ८६ रनले पराजित

बुधबार, फागुन ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  हङकङमा आयोजना भाएको त्रिकोणात्मक टी-२० आई क्रिकेट सिरिजको उपाधि   पपुवा न्यूगिनी(पिएनजी) ले जितेको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको  पिएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन बनायो।

नेपालका आरिफ शेखले सर्वाधिक १७ रन बनाए। पिएनजीका कौबा मोरियाले , सेमो कमेरा, चाद सोपर  र सिसे बाउले २-२ तथा एलै कामेयाले १ विकेट लिए।

पिएजीका   टोनी उराले  सर्वाधिक ६१ रन बनाए। नेपालका कुशल भुर्तेलले ३, आकाश चन्दले ३ तथा करण केसी र प्रतिश जिसीले १-१ विकेट लिए।  

यस प्रतियोगितामा नेपाल एक बराबरी र एक खेल खेल जितेर फाइनलमा प्रवेश गरेको हो भने पिएनजी  एक हार र एक जीतसहित फाइनल पुगेको हो।

यसअघि  नेपालले मंगलबार पिएनजीलाई ८५ रनले पराजित गरेको हो।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्